योनीका यि रहस्यमय तथ्यहरु थाहा पाउनुहोस

मानव जिवनका लागि यौन अपरिहार्य चिज हो । विभिन्न खोज अनुसंन्धानबाट पनि यो प्रमाणित छ । स्वस्थ, सुरक्षित र दम्पतीबीच गरिने यौन सम्पर्कले मान्छेलाई धेरै फाइदाहरु गर्दछ । यौन र यौनाङ्गबारे धेरैको चासो र जिज्ञासाहरु हुने गर्दछन्, जुन स्वभाविक पनि हो ।

उमेरमा परिपक्क एक युवा अथवा युवतीले विपरित लिँगीप्रती आर्कषण राख्नु नयां कुरा होइन । पुरुषलाई स्त्रीको र स्त्रीलाई पुरुषको यौनाङ्गबारे जान्ने चासो हुन्छ नै ।

तर, यौनाङ्गको बाहिरी आकारबारे थाहा भएपनि भित्रि रहस्यका कुराहरु भने धेरैलाई जानकारी नै हुदैन । जुन थाहा पाइराख्दा फाइदा नै हुन्छ । त्यसैले आज हामी महिलाको योनीका रहस्यका कुराहरु यहाँलाई जानकारी दिदैछौं । जुन यसप्रकार छन् ।

    महिला यौनांग अर्थात् योनिलाई अंग्रेजीमा भेजाइना भनिन्छ । ल्याटिन भाषामा यसको अर्थ तरबारको म्यान हुन्छ ।

    योनिको औसत आकार ३ देखि ४ इन्च मात्र हुन्छ, तर सम्भोगको चरमोत्कर्षका बेला यो २ सय प्रतिशतसम्म बढ्छ ।

    योनिमा आफ्नो सफाइ आफैं गर्ने प्रणाली हुन्छ ।

    योनिमा प्राकृतिक लुब्रिकेन्ट स्क्वालिन विद्यमान हुन्छ । यो लुब्रिकेन्ट सार्क माछामा पनि पाइन्छ ।

    योनिको उत्तेजक भाग अर्थात् भंगाकुरमा ८ हजार स्नायु हुन्छन्, जबकि पुरुषको लिंगमा त्यस्ता स्नायु चार हजार मात्र हुन्छन् ।

    एक घण्टाभित्र एउटी महिलाले अधिकतम १ सय ३४ पटकसम्म चरम सन्तुष्टि प्राप्त गर्न सक्छन् । पुरुषले भने सोही अवधिमा                      बढीमा १६ पटकसम्म मात्र चरम सन्तुष्टि प्राप्त गर्न सक्छन् ।

    योनिको भित्री भित्ता अन्य अवस्थामा खुम्चिएको हुन्छ भने सम्भोगका बेला उक्त भित्ता छाता जस्तै खुल्छ ।

    योनिमा सयौं किसिमका ब्याक्टेरिया हुन्छन् । योनिमा पाइने केही ब्याक्टेरिया दहीमा समेत पाइन्छन् ।

    योनिको वरिपरि यौन केश (रौँ) को औसत आयु ३ साता हुन्छ । जबकि मानिसको टाउकाको केशको आयु ७  वर्ष हुन्छ ।

-साभार साप्ताहिक

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार