पेस्तोलसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौंबाट पेस्तोलसहित चार जना पक्राउ परेका छन् । बुधबार काठमाडौं महानगरपालिका- ९ शम्भुमार्गस्थित एभरेष्ट होलिडे इन होटलबाट चार जनालाई अवेध हतियारसहित पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

होटलको कोठा नम्बर ४०४ बाट लाजिम्पाट बस्ने सिन्धुलीका भीमबहादुर माझी, बल्खु बस्ने सिन्धुलीकै प्रदीप माझी, बालुवाटार बस्ने उदयपुर कटारीका भीम सुर्खेती र सीतापाइला बस्ने लोकेन्द्रबहादुर आलेलाई पक्राउ गरिएको रानीपोखरी प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए ।

पक्राउ परेकाहरुबाट प्रहरीले १ थान पेस्तोल, १ थान म्यागजिन, पेस्तोलमा लाग्ने ६ राउण्ड गोली बरामद गरेको वरिष्ठ उपरीक्षक ज्ञवालीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार