धादिङमा बस दुर्घटना हुँदा पाँच घाइते, तीनको अवस्था गम्भीर

धादिङ । धादिङमा बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
बस धादिङको नेत्रावती गाउँपालिका ५ मा आइतबार विहान साढे ८ बजे दुर्घटना भएको थियो ।

दुर्घटनामा परी घाइते हुनेमा धादिङको नेत्रावती डबजोङ गाउँपालिका ५ कटुञ्जे बस्ने ६४ वर्षीय दलबहादुर तामाङ, सोही ठाउँ बस्ने ४८ वर्षीय चन्द्र परियार भन्ने राजु परियार, ६० वर्षीया कान्छीमाया भन्ने सन्तमाया तामाङको अवस्था गम्भीर छ ।

प्रहरीका अनुसार ५५ वर्षीया हस्त कुमारी तामाङ र १९ वर्षीया लक्ष्मी तामाङ गुरुङको अवस्था भने सामान्य छ ।

धादिङको नेत्रावती गाउँपालिका ५ केरुङ्जास्थित लापाङबाट सदरमुकाम धादिङबेशीतर्फ आउँदै गरेको बा४ख ५७९३ नम्बरको बस आफैँ अनियन्त्रित भइ सडकबाट केही मिटर तल खसेको थियो ।
घाइतेको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार