काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर दवाले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन् ।
भेटमा राष्ट्रपति सीले छिमेकी मित्रकारुपमा चीन र नेपाल सँधै राम्रो दाजुभाइ र मित्र भएको बताए । ‘नेपालको सत्तामा जुनै पार्टी आए पनि दुई देशबीच स्थिर र मित्रवत सम्बन्ध कायम रहनेछ,’ सीले भने ।
राष्ट्रपति सीले चिनियाँ कम्युनिस्ट पार्टी नेपाली काँग्रेससँग अझै राम्रो सम्बन्ध कायम गर्दै सहकार्य गर्न तयार रहेको जिकिर गरेका थिए ।
भेटमा सभापति देउवाले नेपाली पक्षले चीनसँगको सम्बन्ध विस्तारलाई ठूलो महत्त्व दिएको बताउँदै चीनलाई नेपालको विकासमा दीर्घटकालिन सहयोग र देशको सार्वभौमिकता र भौगोलिक अखण्डतालाई जोगाउन गरेको प्रयासका लागि धन्यवाद ज्ञापन गरे ।
देउवाले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको दोहोराउँदै नेपालमा कुनै पनि शक्तिलाई कुनै प्रकारको चीन बिरोधी गतिविधि गर्न नदिने स्पष्ट पारे ।
चीनले अघि सारेको बेल्ट एण्ड रोड परियोजनाले यो क्षेत्रमा कनेक्टिभिटी प्रबद्र्धन हुने आशा व्यक्त गर्दै नेपाली काँग्रेस चीनको चिनियाँ कम्युनिस्ट पार्टीसँग मित्रवत अन्तक्रियाहरु विस्तार गर्न इच्छुक रहेको बताए ।
राताेपाटी















