पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कास्की २ मा विद्या भट्टराईको नाम सिफारिस गरेको छ । नेकपाको जिल्ला कमिटीले उपचुनावका लागि विद्या भट्टराईको नाम सिफारिस गरेको हो ।
शुक्रबार बसेको जिल्ला कमिटीको बैठकले उनको नाम सर्वसम्मत सफारिस गरेको हो । मात्र नाम सिफारिस गर्न सहमति गरेको हो । उम्मेदवारका लागि सर्वसम्मत रुपमा उनको नाम मात्र सिफारिस गरिएको जिल्ला सहइन्चार्ज तथा केन्द्रीय सदस्य भीम कार्कीले बताएका छन् ।
भट्टराई दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी हुन् । १५ फागुनमा भएको हेलिकोप्टर दुर्घटनामा अधिकारीको निधन भएपछि प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा उपचुनाव हुँदैछ । सो चुनावका लागि उनको नाम शुक्रबार सिफारिस गरिएको हो ।











