
काठमाडौँ । तिहार सुरु भएसंगै विभिन्न स्थानमा जुवाडेहरु पक्राउ भइरहेका छन् । यसैक्रममा काठमाडौँको जुवाखालबाट क्यासिनो किङ्ग भनेर चिनिने बलराम सापकोटा ‘बले’ सहित २५ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी बृत्त महराजगञ्जबाट खटि गएको प्रहरी टोलीले उनिहरुलाई होटल साम्लाको पछाडी रहेको बिक्रम गौतमको घरमा छापा मारेर पक्राउ गरेको हो ।
उनीहरुको साथबाट २ करोड ६७ लाख नगद र ३ लाख बाराबरको चेक तथा केही ब्ल्याङ्क चेकहरु समेत प्रहरीले बरामद गरेको जनाएको छ ।
पक्राउ पर्नेमा ईन्द्र श्रेष्ठ, प्रदीप बोगटीलगायत रहेका छन् ।
पक्राउ पर्ने धेरै जसो अधिकांश काभ्रे जिल्ला तिरका निर्माण व्यवसायी रहेको प्रहरीको भनाई छ । बले जुवामा लगानी गर्ने र मोटो ब्याज लिने व्यक्ति हुन् ।













