अवैध लागूऔषध चरेस सहित बझाङमा एक जना पक्राउ

बझाङ । अवैध लागूऔषध चरेस सहित बझाङमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शुक्लाफाटा नगरपालिका ८ कञ्चनपुरका दिनेश जप्रेल रहेका छन् ।

उनलाई प्रहरीले अबैध लागूऔषध चरेस ओसारपसारमा संलग्न भएको  भन्दै बझाङको सदरमुकाम चैनपुरबाट पक्राउ गरेको हो । ना ६ख १६७४ नम्बरको बसमा धनगढीतर्फ आउँदै गर्दा उनलाई चेकजाँचका क्रममा बझाङको स्याडी प्रहरी चौकीको टोलीले पक्राउ गरेको बताएको छ ।

उनको साथबाट प्रहरीले दुईवटा झोलामा कालो प्लाष्टिकमा राखेको १३ किलो ९०० ग्राम चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । उनको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार