कैलाली । बन्चरो प्रहारबाट कैलालीमा एक जनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा टीकापुर नगरपालिका ५ मनिकापुरका ३२ वर्षका मोतीराम चौधरी रहेका छन् ।
सोमबार दिउँसो छिमेकी खुसीराम चौधरीले बन्चरोले हान्दा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बन्चरो प्रहारबाट टाउँकोमा गम्भीर चोट लागेका चौधरीलाई उपचारका लागि टीकापुर अस्पताल पुर्याएपछि उपचार नै नभई मृत्यु भएको हो ।
उनलाई बन्चरो प्रहार गर्ने मोतीराम भने फरार रहेका छन् । छिमेकीका अनुसार सामान्य विवादमा मोतीरामलाई वञ्चरो प्रहार गरेको बुझिएको छ । प्रहरीले फरार रहेका खुसीरामको खोजी भइरहेको बताएको छ ।












