यसरी हुन सक्छ कानको समस्या, बच्न यी कुरामा ख्याल गर्नुहोस्

काठमाडाैं । हाम्रै वरिपरि दैनिक रुपमा हुने धुलो, धुँवा र चर्को ध्वानीका कारण कानमा समस्या हुनसक्छ । यस्ता समस्याले गर्दा तपाईंले आफ्नो श्रवणशक्ति गुमाइ रहनुभएको छ ।

यसका साथै मोवाइलमा कुरा गरिरहँदा त्यसको सोझो असर पनि कानले झेल्नुपर्छ । अझ अहिले इयरफोन ठोसेर गीत सुन्नेहरुले त श्रवणशक्ति गुमाइरहेकै छन् ।

तपाईंलाई भनिरहनु नपर्ला, कान आफैमा एक संवेदनसिल अंग हो । तर, अहिले कानको समस्या बढेको बढ्यै छ । कान चिलाउने, कम सुन्ने, पाक्ने, घाउ हुने आदि समस्या धेरैले झेलिरहेका छन् ।

कानको कारण मस्तिष्कको नशालाई समेत प्रभावित हुनसक्छ,, जसका कारण कान तथा टाउको दुख्ने गर्दछ । कान दुख्ने कारणहरुमध्य धेरै जसो  तपाईको आफ्नै गल्ती हुने गर्छ । जसलाई समयमै रोकथाम गर्न नसकेको खण्डमा यसले स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउन सक्छ ।

बेस्सरी कान सफा गरेमा

कतिको बानी हुन्छ, कान सफा गरेको गरेकै गर्ने । तर धेरै कान सफा गर्नाले पनि कान दुख्ने गर्छ । विशेषगरी, आवश्यक्ता भन्दा बढी कानको सफाई गरेमा पनि कान दुख्न सक्छ । यसको कारण के हो भने कानको सुरक्षाको लागि नै कानमा कानेगुजी पैदा हुने गर्दछ ।
यसले कानमा वाटरप्रुफको शिल्डको रुपमा काम गथ्र्यो । आवश्यकता भन्दा बढी मात्रामा कानको सफाईले कानको सुरक्षा पत्र हट्ने गर्छ । जसका कारण कान भित्र पानी वा व्याक्टेरिया प्रवेश गरी कानको संक्रमण हुने गर्छ ।

कानमा संक्रमण भएमा

कानमा संक्रमण भएमा पनि कानमा समस्या हुने गर्दछ । कानमा पानी पसेमा वा कुनै तरल पदार्थ भएमा पनि कानमा संक्रमण हुनसक्छ । कानको संक्रमण, दादुरा वा ठ्उलाका कारण पनि कानको सुन्ने क्षमतामा कमी आउनसक्छ । त्यसैले, कानमा कुनै तरल पदार्थ पसेमा कान राम्ररी सफा गर्नु पर्दछ ।

चोट लागेको कारण

कानमा कुनै प्रकारको चोट लागेमा पनि सुन्ने क्षमतामा कमी आउने गर्छ । त्यस्तै, विस्फोट, सवारी दुर्घटनाका कारण कानको पर्दामा प्वाल परेर कान दुख्नसक्छ । यदी दुर्घटनाका क्रममा तिब्र पीडा भएमा वा सुन्न कम भएमा बुझ्नुहोस्, कानमा समस्या भएको छ ।

इयर फोनको प्रयोग

अहिलेका युवाहरुमा इयर फोनको प्रयोग धेरै हुने गरेको पाइन्छ । इयर फोनको ज्यादा प्रयोगले धेरै मानिस बहिरोपनको शिकार हुने गरेका छन् । इयर फोनबाट आउने चर्को ध्वनीले इयर ड्रममा क्षमति र्पुयाई पातलो बनाउने गर्छन् ।
इयरफोन बाट निस्कने तेज ध्वनीका कारण, शुरुमा कानको कोशिकामा अस्थायी रुपमा क्षतिग्रस्त हुने गर्छ । वा एउटा मात्र कानले सुन्निने गर्छ । तर यसको प्रयोग धेरै गर्नाले बहिरोपना हुने सम्भावना उच्च हुने गर्छ ।

कानको सफाई गर्दा के कुरामा ध्यान दिने ?

–  कानमा तेल हाल्नाले कानको संक्रमण हुनसक्छ । त्यसैले कानमा विर्सेर पनि तेलको प्रयोग नगर्ने
–  कान सफा गर्न पातलो खालको चिम्टीको प्रयोग उचित हुन्छ । तर त्यस्ता चिम्टी पैयोग गर्दा चिम्टीको पुछारमा कपासको प्रयोग गर्ने । जसले कानमा घाउ हुन दिदैन ।
– इयर बर्डले सफा नगर्ने । यसले कानको फोहर बाहिर निकाल्नुको सट्टा भित्र धकेलिदिन्छ ।
–  बाटोमा हिड्ने कुनै व्यक्तिबाट पनि कान सफा गर्नु हुँदैन । अन्यथा कानको संक्रमण हुनसक्छ ।

यी कुरामा ख्याल गर्यो भने कानमा हुने समस्या कम हुनसक्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार