कास्की २ बाट विद्या भट्टराईको उम्मेदवारी दर्ता

पोखरा । नेकपाको तर्फबाट कास्की क्षेत्र नम्बर २ मा विद्या भट्टराईको उम्मेदवारी दर्ता भएको छ । प्रतिनिधिसभा सदस्यका लागि मंसिर १४ मा हने हुने उपनिर्वाचनका लागि भट्टराईले उम्मेदवारी दर्ता गराएकी हुन् ।

उनको प्रस्तावकमा कृष्णबहादुर थापा र समर्थकमा प्रभा कोइराला छन् ।

उनी दिवंगत पर्यटनमन्त्री रविन्द्र अधिकारीकी श्रीमती हुन् । कास्की २ बाट निर्वाचित अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त पदमा हुन लागेको उपनिर्वाचनमा उनकै पत्नी विद्यालाई नेकपाले टिकट दिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार