
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको तस्रो पटक डायलासिस गरिएको छ । शनिवार विहान धापासीस्थित ग्राण्डी अस्पतालमा प्रधानमन्त्री ओलीको डायलासिस गरिएको हो। डायलासिस उनि अपराहृन बालुवाटार फर्किएका थिए ।
डायलासिसपछि प्रधानमन्त्री ओलीको अवस्था सामान्य रहेको अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे र प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिब्या सिंह शाहले जारी गरेको संयुक्त विज्ञप्तीमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीको यसअघि १३ कात्तिकमा पहिलो पटक डायलासिस त्यसपछि भोलिपल्ट दोस्रो डायलासिस ग्राण्डी अस्पतालमै गरिएको थियो । प्रधानमन्त्री ओलीको १२ वर्ष अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपणपछि नियमित औषधि खाइरहेका उनको स्वास्थ्यमा पछिल्लो समय समस्या देखिएपछि साउन र भदौमा सिंगापुर गएर उपचार गराएका थिए ।














