काठमाडौं । चर्चित गायिका अन्जु पन्तले बेस्ट फिल्म गीत अवार्ड २०१९ प्राप्त गरेकी छन् । अमेरिकाको न्योर्कमा सम्पन्न भएको विश्व नेपाली संगीत पुरस्कार २०१९ मा उनले उक्त अवार्ड प्राप्त गरेकी हुन् ।
उनले नेपाली चलचित्र ‘दाल भात तरकारी’को ‘भिजिट भिसामा’ बोलको गीतबाट बेस्ट फिल्म गीत अवार्ड २०१९ हात पारेकी हुन् ।
यस गीतका रचनाकार हरिवंश आचार्य हुने भने गीतमा संगित शम्भुजित बास्कोटाले गरेका हुन् । गीत निशान र अन्जु पन्तले गाएका छन् ।
यो निकै नै रुचाइएको गीत हो ।













