रियल मड्रिडले स्पेनिस कोपा डेल रे फुटबलको आफ्नो पहिलो खेल जितेको छ। गएराती (बुधबार) सम्पन्न खेलमा मेलिल्लालाई ४–० गोलअन्तरले पराजित निकालेको हो । खेलमा करिम बेन्जिमा, मार्को एसेन्सियो, अल्भोरो ओड्रिओजोला र क्रिस्टो गोन्जालेजले गोल गरेका थिए ।
खेलको २८ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए भने एसेन्सियोले खेलको ४५ औं मिनेटमा गोल गर्दै रियल मड्रिडलाई दोब्बर अग्रता दिलाएका थिए ।
पहिलो हाफमा २–० गोलले अग्रता बनाएको रियलले दोस्रो हाफमा थप २ गोल गर्न सफल भयो । रियलका लागि खेलको ७९ औं मिनेटमा ओड्रिओजोलाले गोल गर्दै तेस्रो गोल थपेका थिए त्यस्तै, खेलको अतिरिक्त समयमा गोन्जालेजले गोल गरेपछि रियलले खेल ४–० गोलअन्तरले आफ्नो पहिलो जितेको हो ।