तुलसीको पातसँगै मह, ज्वानो र बेसारको झोल पिउदा हुन्छन् यस्ता फाइदा

 


मौसम परिवतनले तपाईको शरीरमा विभिन्न किसिमका संक्रमणले आक्रमण गर्छ । जस्ले गर्दा शरीरमा दैनिक समस्या आई दैनिक कार्य संचालनमा समेत बाधा निम्त्याउँछ ।
सरुवा रोग विषेशज्ञका अनुसार जाडोयामको मौसममा हावाजन्य रोगहरुको बढ्दो संक्रमण रहन्छ । यो सिजनमा धरैलाई रुघाखोकीले सताउने गर्छ ।
नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, घाँटी खस खसाउनु, आवाजमा समस्या आउने जस्ता समस्या जाडो सुरु हुने बितिकै देखिने लक्ष्ण हुन् । मौसम परिवर्तनको समयमा रुघाखेकी, ज्वरो आउने , निमोनिया , टाईफाइड, इन्फ्लुएन्जा जस्ता संक्रामक रोग लाग्न सक्ने चिकित्सक बताउँछन् ।
मौसाम परिवर्तन सँगै यति बेला रुघाखोकी र ज्वारोका बिरामीको संख्यामा पनि बृद्धि भएको अस्पताल स्रोतले जनाएको छ । त्यसैले यो समयमा ख्याल गरेनौँ भने स्वास्थ्यमा गम्भीर असर पर्छ । यो बेलामा स्वास्थ्यलाई निकै ख्याल गर्नुपर्छ ।
जाडो मौसममा ध्यान दिनु पर्ने कुरा
– पानी उमालेरै खाने चाहे मौसम गर्मी होस या जाडो
– तुलसी, बेसार, ज्वानो, मह र मनतातो पानी खानाले रुघाखोकीलाई कम गर्न सकिन्छ ।
– तातो सुप खाने, शरीर पुरै छोपिने न्यानो लुगा लगाउने
– बिहानीपखको घाममा केहिबेर बस्ने
– काम गर्ने ठाँउमा कसैले खोक्दै या हाच्छुउ गर्दैछ भने आफु १ मिटरको दूरीमा बस्ने
– खाना या खाजा खाँदा साबुन पानीले राम्रोसँग हात धुने
– व्यक्तिगत स्वास्थ्यमा विषेश ध्यान दिने
– नुहाउदाँ तातोपानीको प्रयोग गर्ने

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार