किँङ खान भनेर चिनिने बलिउडका नायक शाहरुख खान पछिल्लो समय आफ्नी छोरीलाई फिलीम खेलाउने दौडधुपमा छन् । छोरी सुहानालाई चलचित्रमा उतार्न लागि परेका शाहरुख सुहानालाई डेब्यू गराइदिन भन्दै शाहरुख निर्देशक सञ्जय लिला भन्सालीकहाँ सम्म पुगेको भारतीय संचारमाध्यमहरुमा चर्चा छ।
सुहानालाई फिलीम खेलाउने बिषयमा भन्साली पनि सकरात्मक रहेको बताएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार सुहाना एक वा दुई वर्षभित्र डेब्यू गर्ने बताइन्छ । सामाजिक संजालहरुमा हट तस्बिरहरु अपलोड गरेर सुहाना बेला बेला चर्चामा समेत आउने गरेकी छिन ।