साग पदक विजेता खेलाडीको सिमसिमे पानीमा नगर परिक्रमा


काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीलाई आज नगर परिक्रममा गराइदै छ ।
बिहान ११ बजे चिपुरेस्वरस्थित दशरथ रंगशालाबाट सुरु यात्रा गरिने भनिए पनि सिमसिमे पानीका कारण दिउँसो १२ः३० बजेदेखी मात्रै सुरु भएको थियो ।

त्रिपुरेश्वरबाट सुरु गरेर न्युरोड, इन्द्रचोक, मखन, भोटाहिटी, रत्नपार्क, भृकुटीमण्डप, भद्रकाली, सिंहदरबार, थापाथली, पुल्चोक, जावलाखेल, लगनखेल, सातदोबाटो, कोटेश्वर, जडिबुटी, नयाँ थिमी, राधे–राधे, सल्लाघारी, सूर्यविनायक चोकको परिक्रमा गर्दै पुनः त्यही बाटोबाट कोटेश्वर, तीनकुने, नयाँ बानेश्वर, थापाथली हुँदै रंगशाला पुगेर टुंगिने राखेपले जनाएको छ ।

बुधबार सम्पन्न भएको १३औं सागमा नेपाली खेलाडीहरुले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य पदक जितेर पदक तालिकाको दोस्रो स्थान पुगेको थियो ।

पदक विजेता खेलाडीलाई सरकारले स्वर्ण विजेतालाई ९ लाख, रजतलाई ६ लाख र काँस्यलाई तीन लाख रुपैया पुरस्कार दिने घोषणा गरेको छ । एक भन्दा बढी स्वर्ण विजेता खेलाडीलाई ११ लाख र टीम स्पर्धामा स्वर्ण विजेतालाई जनही ५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा सरकारले गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार