काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाली कांग्रेसले आफ्नो महाधिवेशन समयमै सम्पन्न गर्ने बताएका छन् । पार्टीभित्र महाधिवेशनको मिति सार्ने कुरा आइरहेका बेला उनले मिति नसार्ने र समयमै गर्ने दाबी गरे ।
उनले आफ्नो तर्फबाट मिति नसार्ने पक्षमा वकालत गरिरहेको पनि बताएका छन् । उनले २०७८ साल चैतमा हुने स्थानीय तहको निर्वाचन अगाडि नै पार्टी महाधिवेशन हुनैपर्ने बताए ।
रामचन्द्र पौडल समूहको बहिस्कारका बीच ११ पुसमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले १४ औं महाधिवेशन २०७७ फागुन ७, ८, ९ र १० गते गर्ने निर्णय गरेको थियो ।












