पहिलो पटक नेपाली मुलका भण्डारी अमेरिकी राज्य संसद् भवनमा

काठमाडौं । अमेरिकी राज्य संसद् भवनमा पहिलो पटक एक नेपाली मुलका अमेरिकी नेता छिर्न सफल भएका छन् । अमेरिकाको मध्यावधि निर्वाचनमा राम्रो मत पाएर एचबि भण्डारी विजयी भएका छन् । मेरिल्याण्डको हाउस अफ डेलीगेट डीष्ट्रीक–८ बाट मंगलबार भण्डारी निर्वाचित भएका हुन ।

सम्पन्न निर्वाचनमा भण्डारीले २० हजार, ९ सय, ७७ मत प्राप्त गरेका थिए । निर्वाचित तीन जनामध्ये भण्डारी दोश्रो धेरै मत ल्याउने नेता हुन। डेमोक्रयाटीक पार्टीको केन्द्रीय सदस्यसमेत रहेका भण्डारी नेपालको गुल्मी जिल्लाका हुन । उनि आठ बर्ष अघि डिभी परेर अमेरिका छिरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार