ए डिभिजन लिगमा मछिन्द्रको भाग्यशाली जित, ट्रफीसहित ५० लाख नगद पुरस्कार

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग २०७६ को भाग्यशाली विजयी मछिन्द्र क्लब बन्यो । दशरथ रंगशालामा शनिवार भएको खेलमा आर्मीका खेलाडीले गरेको आत्मघाती गोल नै निर्णयक बनेपछि मछिन्द्र भाग्यशाली जिवेता बनेको हो । लिगमा मछिन्द्र पहिलो च्याम्पियन बनेको हो । मछिन्द्रले लिगको अन्तिम खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १-० ले पराजित गरेको हो ।

जित संगै मछिन्द्रले नगद ५० लाख नगद पनि जितेको छ ।
खेलको ३३औं मिनेटमा आर्मीका विकास तामाङको आत्मघाती गोलमा मछिन्द्रले अग्रता लिएको हो । मछिन्द्रका रन्जित धिमालले हानेको फ्री किकमा विकासले हेड गरेको बल आफ्नै पोष्टमा गोल भएपछि मछिन्द्र भाग्यशाली सावित भएको हो ।

त्यसपछि दुबै टिमबाट गोल हुन सकेन र यहि आत्घाती गोल नै खेलको निर्णायक गोल बन्यो । आर्मी दोस्रो पटक उपाधि जित्नबाट चुक्यो । यसअघि २०६३ सालमा पनि आर्मी अन्तिम खेलमा नेपाल पुलिससंग पराजित भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार