काठमाडौं । आर्थिक विकासमा विश्वलाई चकित पार्दै आएको चिनले म्यानमारमा पनि बन्दरगाह निमार्ण गर्ने भएको छ ।
देशको पश्चिमी क्षेत्रमा चीनको सिटिक ग्रुपले बन्दरगाह निर्माणका लागि म्यानमारसंग सम्झौता गरेको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।
म्यानमार र राज्यद्वारा सञ्चालित सिटिकले संघर्ष जारी रहेको रखाइन राज्यस्थित क्याउक प्युमा बन्दरगाह निर्माण गर्न सम्झौता गरेको म्यानमारको योजना तथा अर्थमन्त्रालयका उपमन्त्री सेट आउङले जानकारी दिए ।
गत विहिबार भएको सम्झौता हस्ताक्षर कार्यक्रममा परियोजनाको पहिलो चरणको कूल लागत १.३ अर्ब डलरको हुने उनले जानकारी दिएका थिए । म्यानमारको यसअघिको सेनाको सरकारले सिटिकलाई बन्दरगाह र विशेष आर्थिक क्षेत्र निर्माणका लागि १० अर्ब डलरको ठेक्का दिएको थियो । यसअघि चीनले पाकिस्तानको ग्वाहदर बन्दरगाहको काम शुरु गरेको थियो । रणनीतिक रुपमा भारतका लागि यो चिन्ताको विषय भएको बताइँदैछ ।
पहिले प्रस्तावमा बन्दरगाहका लागि ७.३ अर्ब डलर प्रस्ताव गरिएको थियो । तर, श्रीलंका र पाकिस्तान चिनियाँ परियोजनाका कारण ‘ऋणको जाल’ मा फसेको रिपोर्टहरु सार्वजनिक भएपछि नयाँ सरकारले परियोजनाको लागतबारे प्रश्न उठाएको थियो ।-एजेन्सी