चर्चित फुटबलर रोनाल्डिन्हो पक्राउ


काठमाडौं । विश्व चर्चित फुटवल खेलाडी मध्येका ब्राजिलका भेट्रान फुटबलर रोनाल्डिन्हो पक्राउ परेका छन् । उनलाई नक्कली कागजात प्रयोग गरेको आरोपमा पाराग्वेबाट पक्राउ गरिएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

पाराग्वेको गृहमन्त्रालयका अनुसार, भाइ रोबर्टोसहित उनलाई पक्राउ गरेर रिसोर्ट याच्ट एन्ड गल्फ क्लबमा राखिएको छ ।

रोनाल्डोन्हो र रोबर्टो दुवैले पाराग्वेको राहदानी बोकेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरु बसेको होटलमा बुधबार राति छापा मारी प्रहरीले पक्राउ गरेको जनाएको छ ।

रोनाल्डिन्हो एक क्यासिनो मालिकको निम्तोमा पाराग्वेमा आएका थिए ।

रोनाल्डिन्होसंग अहिले ब्राजिलको पासपोर्ट छैन । सन् २०१८ मा उनलाई वातावरणीय जरिवाना गरेसँगै उनको पासपोर्ट खोसिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार