
कोहलपुर । बाँकेको कोहलपुरमा बस र अटो ठोक्किदा चालकको मृत्यु भएको छ।
भे१ख २१२९ नम्बरको बस र अटो रिक्सा बिहीबार बिहान करिब ८ बजेतिर कोहलपुरको ट्राफिक प्रहरी कार्यालय अगाडी ठोक्किदा अटो रिक्सा चालक बाँकेको बैजनाथ गाँउपालिका २ मकैबारीका ५० वर्षिय जय बहादुर रोकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा जुम्लाका २५ बर्षीय मदन शाही र बैजनाथ गाँउपालिका १ का २१ बर्षीय सुजन शाही घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ।
घाइतेहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।








