नेकपाका नेता भिम रावल अब ‘डाक्टर’

काठमाडौं । सुदूरपश्चिमको जन्मथलोले एक अर्का पीएचडी होल्डर राजनीतिज्ञ पाएको छ । अछामबाट राष्ट्रिय राजनितीमा उदाएका
सत्तारुढ नेकपाका प्रभावशाली नेता भिम रावलले आफ्नो विद्यावारिधि (पीएचडी) को अध्यन सकाएपछि नेपाली राजनीतिक वृत्तमै एकअर्का पीएचडी होल्डर थपिएका हुन् ।

नेता रावलले ‘नेपालमा राजनीतिक हिंसा र माओवादी विद्रोह’ (Political Violence and the Maoist Insurgency in Nepal)  विषयमा विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका हुन् ।

नेता रावलले प्रस्तुत गरेको उक्त विषयको शोध प्रबन्धलाई त्रिभुवन विश्वविद्यालयको मानविकी संकायको रिसर्च कमिटीले सोमबार स्वीकार गरेपछि उनि पीएचडी होल्डर बनेका हुन ।

सुदूरपश्चिमबाट राजनिती गर्ने थोरै पीएचडी होल्डर नेताहरुको लिष्टमा रावलको नाम पनि थपिएको छ ।

रावलले पछिल्लो समय राष्ट्रिय राजनीति र पार्टीभित्र राष्ट्रियता, स्वाभिमान र देशको पक्षमा बलियो भएर आवाज उठाइरहेका छन् ।
नेता रावल उपप्रधान, गृह र रक्षा मन्त्री भएर काम गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार