भोलीदेखि सुरु हुने यसबर्षको एसईई परिक्षा अन्तिममा आएर स्थगित


काठमाडौं । सरकारले यसबर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको जनाएको छ ।

कोरोना भाइरसका कारण परिक्षा स्थगित गरिएको सरकारले जनाएको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले भोली (बिहीबार) बाट सुरु हुने यसबर्षको एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए ।

उनका अनुसार स्थगित गरिएको परीक्षा कहिले सञ्चालन गर्ने भन्नेबारे केहि निर्णय छैन । यस वर्ष करिब ५ लाख भन्दा बढी विद्यार्थीले एसईई परीक्षा मा सहभागि हुँदै थिए ।

बुधबार अपरान्ह बसेको कोभिड – १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले एसई परीक्षा स्थगित नगर्ने र सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने निर्णय गरेको थियो ।

तर, त्यसको केहि घण्टा नबित्दै सत्तारुढ नेकपाको सचिवालय बैठकमा नेताहरुले एसईई परीक्षा स्थगित गर्नुपर्ने धारणा राखेपछि परिक्षा स्थगित भएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले बताएका छन् ।

उनले केहिबेरअघि ट्वीट गर्दै बिहीबारदेखि हुने भनिएको एसइई परीक्षा हाललाई स्थगित भएको जनाएका हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार