दाङ । सोमबार कैलालीको लम्किकी ६५ वर्षीय महिलालाई कोरोना पोजेटिभ देखियो । वीरगञ्जमा चिसा पसल चलाउने ति महिला केहिसमय अघि त्यहाँबाट बस चढेर कैलाली पुगेको खबर बाहिरियो ।
बस चढेरर कैलाली पुगेको खबरपछि प्रहरीले उनीसँगै आएका व्यक्तिको पनि खोजी गर्न थाल्यो । त्यसैक्रममा दाङका ६ पनि उनीसँगै आएको भेटिए । अहिले ति ६ जनालाई प्रहरीले बेलझुण्डी अस्पतालको आइसोलेसनमा राखेको बताएको छ ।
जिल्लाको घोराही उपमहानगरपालिका वडा १४ गोरखा टोलकी एक महिला र अरु उनकै परिवारका पाँच जना सदस्य रहेको खुलेको छ । उनीहरुलाई प्रहरीले सोमबार साँझै प्रशासनको सहयोगमा आइसोलेसनमा राखेको छ ।
संक्रमित नी महिलासँग १७ जनाको टोली बसमा चढेर आएको बताइएको छ । अन्यको भने खोजिकार्य जारी रहेको प्रहरीले बताएको छ ।








