बुटवल । बुटवल उपमहानगरपालिकाले एक सय २० जना मजदुरको उद्दार गरेको छ । सोलुखुम्बुबाट हिँडेर ११ दिनमा बुटवल पुगेका उनीहरुको उद्दार गरेको हो ।
उपमहानगरपालिकाले उनीहरुलाई तीन वटा बसको व्यवस्था गरेर घर फर्किने वातावरण मिलाएको बताइएको छ । उनीहरु दाङ, कैलाली, सुर्खेत, बर्दिया, कञ्चनपुर र डोटीका स्थानीय रहेका छन् र। ११ दिन अघि सोलुखुम्बुबाट हिडेका उनीहरु दोलखा, स्याङ्जा हुँदै बुटवलसम्म पुगेका थिए ।
बुटवल पुगेका सबै मजदुरलाई उपमहानगरपालिकाले निशुल्क खाना खुवाउनुका साथै स्वास्थ्य चेकजाँच गरी घरसम्म पुर्याउने व्यवस्था मिलाएको छ ।
यसअघि सरकारले पनि हिड्दै घर जाने नागरिकलाई बाटोमा स्थानीय तहले खाना र बासको व्यवस्था गर्न आग्रह गरिसकेको छ ।








