लकडाउनको बेला रुपन्देहीमा पनि १५ वर्षे बालिका बलात्कृत

रुपन्देही । कोरोना महामारीका कारण अहिले विश्व लकडाउनमा छ । नेपालमा  पनि लकडाउन भएको आज २४ औं दिन भयो । विश्वभर कोरोनाबाट बच्नका लागि विभिन्न उपाए अपनाइरहेका बेला नेपालमा भने एकपछि अर्को बलात्कारका घटनाहरु भइरहेका छन् ।

कैलालीका दुई जना बालिका माथि एकै दिन बलात्कार भएको छ । त्यसैगरी रुपन्देहीको सैनामैनामा पनि १५ वर्षिया बालिका बलात्कृत भएकी छन् । बालिकालाई ललाई फकाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बालिका बलात्कार गर्ने सैनामैना १ का ३२ वर्षिया मान बहादुर छहारीलाई प्रहरीले पक्राउ गरेको छ । बालिकालाई बलात्कार गरेको भन्दै परिवारले दिएको निवेदनका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पिडित बालिकाको भने लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

यसअघि कैलालीमा दुई बालिकालाई बलात्कार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया अगाडी बढाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार