लकडाउन उल्लंघन गर्नेलाई प्रहरीको अर्को कारवाही

बुटवल । कोरोना फैलिन नदिनका लागि सरकारले घोषणा गरेको लकडाउनको आज २४ औं दिन हो । सरकारले नागरिकलाई लकडाउनको पालना गर्न निर्देशन दिएपनि विभिन्न वाहानामा लकडाउन उल्लंघन भइरहेको छ ।

यसैबीच भैरहवामा करिब ५० जनाले लकडाउन उल्लंघन गरेका छन् । प्रहरीले लकडाउन उल्लंघन गर्ने ती ५० जनालाई नयाँ तरिकाले कारवाही सुरु गरेको छ ।

प्रहरीले उनीहरुलाई सचेत बनाउन भन्दै सडकमै पुसअप गराएको छ । समूह बनाएर मर्निङ वाकमा निस्केका ५० जनालाई प्रहरीले अबदेखि घरमै बस्न सचेत गराएर छाडिदिएको छ ।

भैरहवाको सिद्धार्थनगर नगरपालिका १ बाइपास रोडमा भेट्टिएका उनीहरुलाई सम्झाई बुझाई गरिएको प्रहरीले बताएको छ ।

त्यस्तै प्रहरीले अन्य ठाउँमा पनि लकडाउनको उल्लंघन गर्नेलाई कारवाही गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार