
काठमाडौं । कालोबजारी गरेको आरोपमा पक्राउ परेका उद्योगी सुलभ अग्रवाललाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ।
शंकर ग्रुपका मालिक रहेका अग्रवालबिरूद्ध परेको कालोबजारी मुद्दामा भएको थुनछेक वहशपछि न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले २५ लाख ५० हजार धरौटी लिएर उनलाई छा्डन आदेश दिएको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए।
कालोबजारी ऐनअन्तर्गत सरकारी वकिल कार्यालयले उनिबिरुद्ध १ वर्ष ६ महिनासम्म कैद सजाय र १० लाख जरिमाना माग गर्दै मंगलबार मुद्दा दर्ता गरेको थियो।
जगदम्बा स्टिल्स र जगदम्बा सिमेन्टका सञ्चालक समेत रहेका अग्रवाल गत चैत २५ गते लकडाउनकै समयमा कालोबजारी गरेको आरोपमा पक्राउ परेका थिए।
तीन हजार पर्ने थर्मलगनलाई १५ हजार रुपैयाँमा बेचेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो। अग्रवाल किर्गिस्तानका लागि नेपालका अवैतनिक वाणिज्यदूत हुन्।










