करेन्ट लागेर रसुवामा एक जनाको मृत्यु

काठमाडौं । करेन्ट लागेर रसुवामा एक जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा जिल्लाको नौकुण्ड गाउँपालिका ५ भोर्लेका २६ वर्षीया बुद्धिबहादुर तामाङ रहेका छन् ।

उनको आफ्नै घरमा बिजुलीको चिम फेर्ने क्रममा आइतबार राति अचानक करेन्ट लागेकाे थियाे । करेन्ट लागेर घाइते भएका उनको नुवाकोट जिल्ला अस्पतालमा उपचारका क्रममा साेमबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार