भुल्केमा थप १ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ११० पुग्यो

विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । उनी भुल्केकी ४३ वर्षीया महिला रहेको कोशी अस्पतालले जनाएको छ ।

उनको दोस्रो पटक संकलन गरिएको थ्रोट स्वाब परीक्षणको रिपोर्ट पोजिटिभ आएको हो । योसँगै नेपालमा संक्रमितको संख्या १ सय १० पुगेको छ ।

शनिबार मात्रै ८ जनामा कोरोना संक्रमण देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार