
काठमाडौं । राष्ट्रिय फुटबल टिमका पूर्वसदस्य रन्जित श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । वैदेशिक रोजगारीको शिलशिलामा युएईको दुबईमा रहेका उनलाई कोरोना संक्रमण भएको आफैले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा भिडियो पोष्ट गर्दै उनले आफुलाई कोरोना संक्रमण भएको र अवस्था सामान्य रहेको बताएका छन् । साथै उनले आफु आइसोलेसनमा बसीरहेको समेत जानकारी दिएका छन् ।
भिडियो मार्फत उनले कोरोना लाग्दैमा नआतिन पनि सबैलाई आग्रह गरेका छन् ।














