
चितवन । लकडाउन उल्लंघन गर्ने सांसदलाई प्रहरीले फर्काइदिएको छ । शुक्रबार बिहान प्रदेश ५ का प्रदेशसभा सदस्य वीरेन्द्र कनौडियालाई प्रहरीले बाटोबाटै फर्काइदिएको हो ।
सासद कनौडियालाई चितवनको नारायणी पुलबाट डिउटी रहेका प्रहरीले फर्काइदिएको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिम्खडाले जानकारी दिए ।
नेपाली काङ्ग्रेस प्रदेश नं ५ का संसदीय दलका उपनेता समेत रहेका सांसद कनौडिया सवारी अनुमतिपत्र नलिई बाहिर निस्केकाले फर्काइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पछिल्लो समय देशभरी कोरोना संक्रमितको संख्या बढ्दै गएपछि प्रशासनले लकडाउनलाई थप कडाइ गरेको छ । यहि क्रममा चितवनमा पनि लकडाउन थप कडा गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
तर, दमकल, एम्बुलेन्स, शववाहन, स्वास्थ्यकर्मी र पत्रकार, औषधि, दूूध, तरकारी र खाद्यान्न ढुवानीका सवारीसाधनलाई सञ्चालन हुन दिइएको छ ।








