
काठमाडौं । स्याङजा र सोलुखुम्बुमा २ जना मृत अवस्थामा फेला परेका छन् । स्याङजाको पुतलीबजार नगरपालिका-११ बेलबासका ३३ वर्षीय ईश्वर जि.टी मृत फेला परेका हुन ।
जिटीलाई सोहि नगरपालिका वडा १३ को झापाकोटस्थित दरौ खोलाको किनारामा शुक्रबार बिहान प्रहरीले मृत फेला परेको बताइएको छ ।
यसैगरी सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-२ बाउण्डी बस्ने ७५ वर्षीय भिम बहादुर बस्नेत पनि मृत फेला परेका छन् । उनी घरदेखि अन्दाजी २ किलोमिटर टाढा भालुङ जंगलको भिरमा शुक्रबार बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
दुबै घटनाका बिषयमा सम्बन्धित जिल्ला प्रहरीले अनुसंन्धान गरिरहेका छन् ।











