
बर्दिया । कोरोना संक्रमण पुष्टि भएका बर्दियाका २८ वर्षीय पुरुष कालीमाटीका व्यापारी भएको खुलेको छ । बर्दियाको गुलरिया नगरपालिका ११ लालपुरका उनी कालीमाटीमा राँगाको मासु बेच्ने गरेको खुलेको हो ।
गत वैशाख २९ गते लालपुरबाट ट्रक चढेर काठमाडौं गएका उनको काठमाडौंमा कोरोना परीक्षण गरिएको थियो । परीक्षणमा उनको रिपोर्ट पोजिटिभ आएपछि अस्पतालमा राखिएको छ । ।
बर्दियाबाट आएर कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि उनको गाउँ शनिवार दिउँसोबाट सिल गरिएको छ ।
उनी चढेर आएको ट्रक धनगढीका साहुको भएको र चालक, सहचाकलसँगै काठमाडौं आएको खुलेको छ । अहिले उनको सम्पर्कमा आएकाको खोजी भइरहेको छ । संक्रमितका परिवारमा २२ जना छन् ।








