
काठमाडौं । नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँके नरैनापुर-५ नयाँबस्तीका २५ वर्षीय पुरुष रहेको
आइतबार स्वास्थ्य मन्त्रालयद्धारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।
उनको आज बिहान ६ः४० बजे मृत्यु भएको प्रवक्ता देवकोटाले पुष्टि गरे । बैशाख ३० गते भारतबाट आएका उनि क्वारेन्टाइनमा बसेका थिए । उनलाइ गएराती ज्वरो, झाडापखाला लगायतका समस्या देखिएका थिए ।
यो संगै कोरोनाबाट मुत्यु हुनेका सख्या २ पुगेको छ । बिहीबार राती धुलिखेल अस्पतालमा सिन्धुपाल्चोककी २९ वर्षीय महिलाको कोरोनाबाट पहिलो मृत्यु भएको थियो ।








