कोरोना संक्रमित नेपालीको संख्या बहाराइनमा ३३१ पुग्यो


काठमाडौँ । विश्वका विभिन्न ठाउँमा  कोरोना संक्रमित नेपालीको संख्या बढ्दै गइरहेको छ । बहराइनमा मात्रै तीन सय ३१ जना नेपाली कोरोना संक्रमित छन् ।

मनामास्थित नेपाली दूतावासका अनुसार पछिल्लो एक साताको अवधिमा ७४ जना नेपाली कोरोनाबाट संक्रमित भएका छन् । जसमा १७ महिला रहेका छन् ।

पछिल्लो एक सातामा कोरोना देखिएका सबै नेपाली क्वारेन्टाइनमा राखिएका व्यक्ति हुन् । दूतावासले क्वारेन्टाइनमा राखेका व्यक्तिको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको बताएको छ ।

बहराइनमा २ लाख ३४ हजार ९ सय ९८ जनाको परीक्षण गरिएकोमध्ये ६ हजार ९ सय ३० जना संक्रमित भएका छन् । जसमध्ये ६ जनाको अवस्था गम्भीर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार