रोजगारी गुमाएका विपन्न परिवारलाई मासिक ५ हजार दिन कांग्रेस सांसद कार्कीको प्रस्ताव


काठमाडौं । नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले रोजगारी गुमाएका विपन्न परिवालाई मासिक ५ हजार दिने प्रस्ताव गरेका छन् । काम गुमाएका श्रमिक र विपन्न किसानलाई तीन महिनाका लागि मासिक ५ हजार दिने प्रस्ताव गरेका हुन् ।

सोमबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि बोल्दै कार्कीले मुलुकलाई रोग र भोकबाट जोगाउन अहिलेको आवश्यकता भएको बताएका छन् । उनले रोजगारी गुमाएका श्रमजीवी, वेरोजगार र विपन्न वर्गलाई महिनाको ५ हजारका दरले तीन महिनाका लागि १५ हजार रुपैयाँ दिन प्रस्ताव गरे ।

अबको बजे पनि रोग र भोकबाट जोगाउने खालको हुनुपर्ने बताए । उनले अहिले अरु भन्दा पनि भोक भेटाउनु नै नागरिकको आवश्यकता भएको उल्लेख गरेका छन् ।

पूर्वअर्थमन्त्रीसमेत रहेका कार्कीले भारतीय साहित्यकार सर्वेश्वर दयालको कवितालाई नेपालीमा अनुवाद गरेर सुनाएका थिए ।

यो दुनियाँमा मावनको जीवनभन्दा ठूलो केही छैन
न ईश्वर, न ज्ञान न चुनाव
यदि तिम्रो घरको एउटा कोठामा आगलागी भयो भने
तिमी दोस्रो कोठामा सुत्न सक्छौं ?
यदि तिम्रो घरको एउटा कोठामा लासहरु सडिरहेका छन्, भने
तिमी दोस्रो कोठामा प्रार्थना गर्न सक्छौं ?
के तिमी यी कुराहरु सुन्नसक्छौं, सुन्न सक्दैनौं भने मैले भन्नु केही छैन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार