
काठमाडौं । नेपालमा थप ९ जना संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयको बिहीबारको नियमित मिडिया ब्रिफिङ अनुसार संक्रमित हुनेमा रुपन्देहीमा २७ बर्षीय १ जना र झापामा ८ जना रहेका छन् । यि सबै संक्रमित पुरुष नै रहेका छन् ।
झापामा भेटिएका संक्रमितहरु १७ वर्षीय एकजना, १८ वर्षीय दुइजना, २० वर्षीय दुई जना र २३, ५२, ५५ वर्षीय एक / एक जना रहेको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी पदए ।
थप ९ जना संक्रमित भेटिएसंगै नेपालमा संक्रमितको संख्या ४५३ पुगेको छ । जसमा ३८३ पुरुष रहेका छन् भने ७० महिला रहेको छन् ।








