थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५७ पुग्यो

काठमाडौं । बिहीबार साँझ थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेका दुई जना कपिलवस्तुका एक जना गरी तीन जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बाँकेको नरैनापुर ३ का ३२ वर्षीय पुरुष, खजुरा ३ की ४२ वर्षीय महिला र कपिलवस्तुको सुद्दोधन गाउँपालिकाका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५७ पुगेको छ । ती मध्ये तीन जनाको मृत्यु भएको छ भने, ४९ जना निको भएर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार