
काठमाडौं । महामारीका रुपमा फैलिएको कोरोना भाइरस बाट हालसम्म विदेशमा १२५ नेपालीको मृत्यु भएको छ ।
यो साता विदेशमा ६ जना नेपालीको मृत्यु भएसंगै मृतक संख्या १२५ पुगेको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ ।
एनआरएनएअनुसार सो साता कतारमा ४ जना, कुवेतमा १ जना, युकेमा १ जना गरि ६ जनाले कोरोनाबाट मृत्यु भएको हो ।
एनआरएनए स्वास्थ्य समितिका संयोजक डा। संन्जिव सापकोटाका अनुसार ५ हजार ५ सय ९० जनाले कोरोना जितेका छन् । उनका अनुसार पछिल्लो समय मृत्यु र संक्रमण दर कम हुँदै गइरहेको छ ।
कोरोनाका कारण बेलायत, संयुक्त राज्य अमेरिका, युएई साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्र्की, नेदरल्याण्ड, र स्वीडेनमा नेपालीको मृत्यु भएको एनआरएनए स्वास्थ्य समितिले जनाएको छ ।
समितिले संकलन गरेको तथ्यांकअनुसार विश्वका ३४ देशमा रहेका नेपालहरु कोरोना भाइरसबाट प्रभावित छन ।













