
पर्वत । पर्वतको कुश्मामा शनिबार राति गएको पहिरोले पुरिएका ८ जनाको शव भेटिएको छ । जिल्लाको कुश्मा नगरपापिलका ३ दुर्लुङको ढकालबारीमा पहिरो जाँदा ९ जना पुरिएका थिए ।
८ जनाको शव भेटिए पनि १ जना अझै बेपत्ता छन् । घरभन्दा माथिबाट आएको पहिरोले दुई घर पुरिँदा दुई परिवारका नौ जना पुरिएका हुन्।
पहिरोमा पुरिएका थप एक जनाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटाना स्थलमा नेपाल प्रहरी, नेपाली सेना, ससस्त्र प्रहरी बल र स्थानीयवासीले उद्धारलाई जारी राखेका छन्।
शनिबार साँझ ६ बजेदेखि झन्डै दुई घन्टा आएको मुसलधारे पानीपछि पहिरो गएको हो। पहिरोले उनीहरुका घरमा रहेका अन्य पशुचौपायासमेत मरेका छन्।











