पाँच जना स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि, इमर्जेन्सीबाहेक सबै सेवा बन्द

पर्वत । एउटै अस्पतालमा कार्यरत पाँच जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । पर्वतको पर्वत अस्पतालमा कार्यरत पाँचजना स्वास्थ्यकर्मीमा कोरोना पोजिटिभ भएको हो ।

राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको  स्वाब परीक्षणमा पाँच जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । एउटै अस्पतालका पाँच जनामा कोरोना देखिएपछि अस्पतालका इमर्जेन्सीबाहेक सबै सेवा बन्द गरिएका छन् ।

अस्पतालले अर्को सूचना जारी नभएसम्म सबै सेवा बन्द गरेको जनाएको छ । संक्रमित पाँचै जनालाई आइसोलेसनमा राखिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार