डोटी । डोटीमा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको आदर्श गाउँपालिका ७ दहकालीकाकी २७ वर्षीया वाटुदेवी बाग रहेकी छिन् ।
उनको शनिबार दिउँसो नुहाउन भनेर धारामा गएको बेला करेन्ट लागेर धारामै मृत्यु भएको प्रहरीले जनाएको छ । उनी नहाउन गएको पानीको ट्याङ्कीमा स्थानीय १९ वर्षीय सुर्ज किमाडीले बिजुलीको तार हालेको स्थानीयले आरोप लगाएका छन् ।
किमाडीले भने कोरोना प्रभावित व्यक्ति धारामा नुहाउन आउने भन्दै तार हालेको बताएका छन् । उनले सार्वजनिक धारामा भारतबाट आएका कोरोना संक्रमित पनि पानी भर्न आउने गरेको भन्दै करेन्ट छाडेको बताए।
प्रहरीले पानी ट्याङ्कीमा करेन्ट छोड्ने किमाडीलाई पक्राउ गरेको छ ।









