
कास्की । नेपाल थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाको सिरुवारीका ५५ वर्षीय पुरुष रहेका छन् ।
उनको गएराति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पतालको आईसीयूमा मृत्यु भएको हो ।
उनी जेठ ८ गतेदेखि अस्पतालको आईसीयूमा उपचाररत थिए । अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले इमर्जेन्सी बाहेकको सबै सेवा बन्द गर्ने तयारी गरिएको छ ।
शव व्यवस्थापन गर्दा संक्रमण फैलिन सक्ने हुँदा एक दिनको लागि ओपीडी बन्द गर्न लागिएको अस्पतालले जनाएको छ । मृतकको शवलाई व्यवस्थापनको तयारी भइरहेको छ ।











