
काठमाडौं । ललितपुरको पाटन अस्पतालमा मृत्यु भएका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखाको भिमसेन थापा गाउँपालिकाका २७ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।
घरमै झुण्डिएको अवस्थामा फेला परेका उनलाई उपचारका लागि पाटन अस्पताल ल्याइएको थियो ।
आईसीयूमा राखेर उपचार गराइरहेका उनको गएराति मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्युपछि गरिएको परीक्षणमा उनलाई कोरोना संक्रमण पुष्टि भएको हो ।











