
चितवन । लगातारको वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । सडकखण्डमै पहिरो खसेपछि आवातजावत पूर्ण रुपमा बन्द भएको छ ।
पहिरोले सडकखण्ड अवरुद्ध भएपछि अहिले सयौं गाडीहरु बाटोमै रोकिएका छन् । सोमबार बिहान ५ बजेतिर इच्छाकामना ६ चारकिलो भन्ने स्थानमा दुई वटा विद्युतका पोलसहित ठूलो पहिरो खसेको प्रहरीले जनाएको छ ।
पानी लगातार परिरहेको र माथिबाट समेत थप पहिरो खसिरहेकाले आज दिनभर जस्तो सडक अवरुद्ध हुन सक्ने छ । यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ ।
पहिरो हटाउन समय लाग्ने बताइएको छ ।











