काठमाडौं । खुट्टा खुम्चाएर एकै ठाँउमा नचलिकन बस्दा प्राय धेरैको खुट्टा निदाउने गर्छ । खुट्टा निदाउदा उठ्न अप्ठ्योरो हुने र छुदा झन गाह्रो हुने गर्दछ ।
खुट्टामा दबाव परेपछि रक्तसञ्चार प्रणाली अवरुद्ध हुन्छ । जस्ले गर्दा प्रशस्त रगत र त्यसको साथमा अक्सिजन प्रर्याप्त पुग्न पाउदैन ।
यसले गर्दा खुट्टामा स्नायुहरु केही समयको लागि निस्कृय हुन्छन् र बाह्य सन्देश मस्तिस्कसम्म पुग्न सक्दैन् । यसले गर्दा खुट्टा झम झम गर्ने स्पर्श अनुभव गर्न नसकिने र भारी भएको महशुस हुन्छ ।
हाम्रो शरीरमा स्नायुकोष नर्भले मस्तिस्कसम्म पुरयाउने काम गर्छ । शरीरका अन्य भागमा जस्तै खुट्टामा पनि कैयौँ स्नायुको कोषहरु हुने गर्छ । ति कोषहरु खुट्टामा दबाव परेपछि यस्तो समस्या हुने गर्दछ ।
खुट्टा निदाएपछि विस्तारै दबाव हट्छ र रक्तसञ्चार पुन नियमित भई खुट्टा ठिक हुन्छ । तर कतिपयले यस्तो बेला विभिन्न उपाए अपनाउछन्, स्वास्थ्यकर्मीको सल्लाह विना त्यस्तो गर्नु राम्रो होइन् ।









