कार्यदलको प्रतिवेदनबारे छलफल गर्दै अध्यक्षद्धय ओली र प्रचण्ड


काठमाडौं । सत्तारुढ नेकपा भित्रको विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनबारे अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफल गर्दै छन् । शनिबार कार्यदलले बुझाएको प्रतिवेदन अध्ययनपछि अध्यक्षद्धयले आज छलफल गर्दै छन् ।

नेकपा कार्यदलको सुझाव पार्टी पद्धति र संस्थागत प्रणाली कार्यान्वयनमा जोड दिइएको छ ।

नेकपाको अन्तरिक विवाद समाधान गर्न गत साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले भदौ ६ गते समाधानको सुत्रसहतिको १७ पेज लामो प्रतिवेदन बुझाएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार