
काठमाडौं । क्यानाडा पठाईदिन्छु भन्दै २१ लाख ठ गी गर्ने तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ । आफुलाई प्रभावशाली व्यक्तिको रुपमा प्रस्तुत गर्दै ठगी गर्ने एक महिलासहित तीन जनालाई बुधबार महानगरीय अपराध महाशाखा टेकु, काठमाडैंले सार्वजनिक गरेको हो ।
प क्राउ पर्नेमा विरेन्द्रनगर ९ सुर्खेत घर भई हाल श्रीटोल धापासी बस्ने २९ वर्षीय ध्रुव थापा, सोहि ठाउँकी २४ वर्षीय सन्ध्या थापा र सुनसरी धरान ३ का ४६ वर्षीय राजेन्द्र कुमार श्रेष्ठ रहेका छन् ।
उनीहरुले मोरङ शनिश्चरे घर भई हाल कपन सरस्वतीनगर बस्ने नारायण खड्कालाई क्यानडा पठाईदिन्छु भन्दै २१ लाख ठ गेको प्र हरीले जनाएको छ ।








